• ट्रेण्डिङ्ग :
तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य

तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य


  • 2.6K
    SHARES
    • बैशाख २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.0K Views

    तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ, २४ वैशाख । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो ।

    images

    महासङ्घका अनुसार तेजावी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो ।

    चाँदी मूल्य तोलामा रु एक हजार छ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा रु एक लाख छ सय ४० मा कारोबार भएको थियो ।


    तेस्रो आँखा