• ट्रेण्डिङ्ग :
सडक विस्तार गर्न बागलुङ-बेनी खण्ड बन्द

सडक विस्तार गर्न बागलुङ-बेनी खण्ड बन्द


  • 4.1K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.3K Views

    सडक विस्तार गर्न बागलुङ-बेनी खण्ड बन्द

     

    images

    बागलुङ, २८ वैशाख/ कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द गरिएको छ ।

    सडक विस्तारका लागि उक्त सडक दिनभर बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठ ४ गतेसम्मका लागि बागलुङ–बेनी सडकखण्ड बिहान १० देखि बेलुका ४ बजेसम्म बन्द हुने जिल्ला प्रशासनले जनाएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचनामा उक्त सडकखण्डअन्तर्गत पर्ने पाङग्रेखोलामा सडक विस्तार तथा मर्मतकार्य भइरहेकाले सडक बन्द हुने उल्लेख छ ।

    बन्द अवधिभर मालढुङ्गा-बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । बागलुङ-बेनी सडक १४ किलोमिटर लामो छ । रत्नेचौरबाट बेनीसम्मको सडक विस्तार भइसके पनि बागलुङबाट रत्नेचौरसम्मको सडक विस्तार हुन सकेको थिएन । 

    बागलुङ बेनी सडक बन्द भएको समयमा कालीगण्डकी करिडोरअन्तर्गत हाल विस्तार भइसकेको मालढुङ्गा-बेनी सडक प्रयोग गर्न सकिने छ ।

     


    तेस्रो आँखा