• ट्रेण्डिङ्ग :
तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य


  • 4.4K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.8K Views

    तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ, २८ वैशाख/ स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई  हजार तीन सयले वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।

    त्यस्तै, तेजाबी  सुन बिहीबार प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।

    यसैगरी, चाँदी भने तोलामा रु ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ । 


    तेस्रो आँखा