• ट्रेण्डिङ्ग :
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो


  • 5.2K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.9K Views

    सुनको मूल्य बढ्यो

    काठमाडौँ, ३० वैशाख । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार चार सय निर्धारण भएको छ । 

    images

    त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ । 

    चाँदीको मूल्य भने तोलामा रु १० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय २५ निर्धारण भएको छ । 


    तेस्रो आँखा