• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


  • 2.8K
    SHARES
    • जेठ ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ, ४ जेठ/स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।

    यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ ।

    चाँदीको मूल्य पनि तोलामा रु पाँचले घटेको छ । बिहीबार तोलामा रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने रु एक हजार आठ सय निर्धारण भएको छ । 


    तेस्रो आँखा