• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा नौ सयले वृद्धि

सुनको मूल्य तोलामा नौ सयले वृद्धि


  • 2.3K
    SHARES
    • जेठ ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.5K Views

    सुनको मूल्य तोलामा नौ सयले वृद्धि

    काठमाडौँ, ७ जेठ/ स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ । 

    चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।


    तेस्रो आँखा