• ट्रेण्डिङ्ग :
लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस

लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस


  • 3.6K
    SHARES
    • जेठ ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस

    काठमाडौँ, ८ जेठ/प्रतिनिधिसभाको आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गर्नुभयो ।
     
    सो क्रममा मन्त्री भण्डारीले नेपालमा लागनीको वातारण सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन-२०८१ का क्रममा नीतिगत सुधार तथा कानुन परिमार्जन गर्नका लागि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरिएको बताउनुभयो । 

    images

    सो समयमा संसद् अधिवेशन चालु नभएकाले अध्यायदेश ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । प्रस्तुत विधेयकले स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद थप, विदेशी लगानी प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता, करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियतलाई वृद्धि गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।


    तेस्रो आँखा