• ट्रेण्डिङ्ग :
तोलामा रु एक हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा रु एक हजार आठ सयले घट्यो सुनको मूल्य


  • 3.2K
    SHARES
    • जेठ ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.0K Views

    तोलामा रु एक हजार आठ सयले घट्यो सुनको मूल्य
    काठमाडौँ, ११ जेठ/स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै रु एक हजार आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा रु एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।
     
    यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ ।
     
    त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बिहीबार तोलामा रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ५५ निर्धारण भएको छ ।


    तेस्रो आँखा