• ट्रेण्डिङ्ग :
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत


  • 4.0K
    SHARES
    • जेठ १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.2K Views

    राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत
    काठमाडौँ ,१३ जेठ/राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ । 
     
    अर्थमन्त्री पुनले सर्वेक्षण प्रस्तुत गर्दै मुलुकको आर्थिक तथा सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताउनुभयो । सर्वेक्षणमा गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको सङ्घ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको विश्लेषण गरिएको छ । 
     
    अर्थमन्त्री पुनले भन्नुभयो, “उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको सङ्कुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३।९ प्रतिशतले विस्तार हुने अनुमान छ ।” 
     
    सर्वेक्षणमा प्रदेशगत रुपमा गण्डकी, बागमती, लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औषत भन्दामाथि रहने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । साथै चालु आवलगायत कूल लगानी २.८ प्रतिशतले बढेर रु १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान सर्वेक्षणले गरेको छ । 
     
    राष्ट्रियसभाको अर्को बैठक जेठ १५ गते मङ्गलबार ४ बजेर १५ मिनेटमा बस्नेछ । 


    तेस्रो आँखा