• ट्रेण्डिङ्ग :
गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त


  • 3.7K
    SHARES
    • जेठ १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.7K Views

    गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

    गण्डकी, १६ जेठ/गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त हुनुभएको छ । 

    images

    प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि उहाँ विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

    सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिनुभएको थियो । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन् । 


    तेस्रो आँखा