• ट्रेण्डिङ्ग :
गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन

गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन


  • 2.6K
    SHARES
    • जेठ १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.0K Views

    गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन

    पर्वत, १९ जेठ/पर्वतको जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको सिमानामा पर्ने दमुवा खोलामा गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन गरिएको छ । उक्त खोलाबाट निर्माणजन्य सामग्री चोरी निकासी गरिँदै आएको छ ।  

    images

    खोलामै सडक बनाएर निर्माण सामग्री चोरी निकासी हुँदैआएको छ । प्राकृतिक स्रोत दोहनले जलजला गाउँपालिका–८ स्थित जनहित सामुदायिक वन क्षेत्रमा पहिरोको समस्या देखिएको छ । दमुवा खोलाबाट दैनिकरुपमा निर्माण सामग्री उत्खनन् गर्ने क्रम बढ्दै गएपछि त्यस वरपरको बस्ती नै खतरामा परेको छ । 

    दोहनले वर्खायाममा बाढीपहिरोको जोखिम रहेको  स्थानीयको गुनासोपछि अनुगमन गर्न त्यहाँ पुगेको जिल्लास्तरीय अनुगमन समितिको टोलीले उत्खनन्मा रोक लगाएको छ । समितिका प्रमुख विष्णुराम विकका अनुसार कतिपय व्यक्तिले व्यक्तिगत जग्गा चक्लाबन्दी गर्न निर्माण सामग्री निकासी गर्ने गरेको पाइएको छ । 

    उहाँले भन्नुभयो, “जथाभावी ढुङ्गा र गिट्टी निकासी गर्ने गरेको पाइएको छ, सवारीसाधन प्रवेशमा रोक लगाएका छौँ ।” 

    अनुगमन टोलीले स्थानीय वन क्षेत्र र वन क्षेत्रभन्दा माथि बसोबास गर्ने बस्तीको जोखिमलाई ध्यानमा राख्दै सो खोलाबाट ढुङ्गा र गिट्टी निकाल्न रोक लगाएको हो । खोलामा सडक नै निर्माण गरेर ढुङ्गा र गिट्टी निकाल्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो ।  


    तेस्रो आँखा