• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा झिनो गिरावट

सुनको मूल्यमा झिनो गिरावट


  • 2.4K
    SHARES
    • जेठ २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.7K Views

    सुनको मूल्यमा झिनो गिरावट

    काठमाडौँ, २१ जेठ/स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल रु एक लाख ४१ हजार निर्धारण भएको छ ।

    images

    यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य रु एक लाख ४० हजार तीन सय निर्धारण भएको छ ।

    महासङ्घले चाँदीको मूल्य तोलामा रु १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज रु एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ । 


    तेस्रो आँखा