• ट्रेण्डिङ्ग :
सुनको मूल्य कीर्तिमानी उचाइमा

सुनको मूल्य कीर्तिमानी उचाइमा


  • 4.2K
    SHARES
    • जेठ २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.5K Views

    सुनको मूल्य कीर्तिमानी उचाइमा

    काठमाडौं, २२ जेठ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेको छ ।

    images

    यस दिन छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आज तेजाबी सुन पनि १७ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यो दिन चाँदीको भाउ भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा