• ट्रेण्डिङ्ग :
बजेट उत्पादनमुखी छ : अर्थमन्त्री पुन

बजेट उत्पादनमुखी छ : अर्थमन्त्री पुन


  • 2.0K
    SHARES
    • जेठ २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.1K Views

    बजेट उत्पादनमुखी छ : अर्थमन्त्री पुन

    काठमाडौँ, २२ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी भएको बताउनुभएको छ ।

    images

    राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत राजस्व र आयव्ययको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको सुनाउनुभयो । बजेटले उत्पादन र रोजगारका अवसर सृजना गर्ने उल्लेख गर्दै उहाँले बजेटका माध्यमबाट समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व सङ्कलनमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

    मन्त्री पुनले नयाँ करका रुपमा हरित कर थालनी गरिएको जनाउँदै मुलुकले सौर्य र नवीकरणीण ऊर्जातर्फ ध्यान दिएको जानकारी दिँदै आलु, प्याज र स्याउको आन्तरिक उत्पादनलाई संरक्षण गर्न मूल्य अभिवृद्धि कर हटाइएको बताउनुभयो ।


    तेस्रो आँखा