• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो

सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो


  • 2.9K
    SHARES
    • जेठ २४, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो

    काठमाडौँ, २४ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    images

    छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ ।

    त्यस्तै चाँदीको मूल्य आज रु एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु एक हजार आठ सय २५ रहेको थियो । 


    तेस्रो आँखा