• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा


  • 2.7K
    SHARES
    • जेठ २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.2K Views

    सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
    काठमाडौँ, २५ जेठ/स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
     
    यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
     
    चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ । 


    तेस्रो आँखा