वडा अध्यक्षलाई ‘छोटे राजा’ भन्दा वडाको सेवाबाटै बञ्चित !

वडा अध्यक्षलाई ‘छोटे राजा’ भन्दा वडाको सेवाबाटै बञ्चित !


  • 10.5K
    SHARES
    • कार्तिक २६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    वडा अध्यक्षलाई ‘छोटे राजा’ भन्दा वडाको सेवाबाटै बञ्चित !

    सल्यान, कात्तिक २६ । 
    सल्यानमा एक ब्यक्तिले स्थानीय जनप्रतिनिधिलाई ‘छोटे राजा’ भनेकै कारण वडा कार्यालयले उनलाई सुविधा पाउनबाट बञ्चित गरिएको जनाएको छ । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ सिमाखोलीका दिलबहादुर केसीले छोटेराजा लेखेपछि उनलाई वडा कार्यालयबाट उपलब्ध हुने सबै सेवा सुविधा बञ्चित गरिएको वडा कार्यालयले बिज्ञप्ती जारी गरेर जनाएको छ ।

    images

    ‘छोटेराजको संज्ञा दिई सामाजिक सञ्जाल फेसबुकमा चरित्र हत्या गर्ने दिलबहादुर केसीलाई कमजोरी नसच्याए सम्म यस वडा कार्यालयको तर्फबाट दिईने सम्पूर्ण सेवाबाट बञ्चित गरिन्छ,’ वडा अध्यक्ष प्रेमबहादुर पुनले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । वडा अध्यक्ष पुनका अनुसार दिलबहादुरले केहि दिन अघि वडा अध्यक्ष सहित वडाका अन्य जनप्रतिनिधिहरुलाई छोटेराजाको संज्ञा दिई उनिहरुको कार्यको बिरोध गरेका थिए ।दिलबहादुरले आफ्ना भाई बिरुद्ध परेको बालबिवाहको मुद्धामा वडा अध्यक्ष पुन सहित वडाका सबै जनप्रतिनिधिहरुलाई संलग्न रहेको आरोप लगाएका थिए ।

    ‘उहाँ(दिलबहादुरका भाई बिरुद्ध परेको मुद्धामा हामीहरुको पनि संलग्नता भनेर आरोप लगाउँदै समाचार लेखियो,’ वडा अध्यक्ष पुनले भने ‘त्यसमाथि छोटे राजा भनेर गम्भिर आरोप लगाउनु भयो ।’
    वडाका केहि सदस्यहरुकै सहमतीमा वडाको सेवाबाट बञ्चित गर्ने सल्लाह बमोजिम बिज्ञप्ती जारी गरिएको भन्दै वडा अध्यक्ष पुनले दिलबहादुरलाई चेतावनी दिनका लागि मात्रै वडाको सेवाबाट बञ्चित गरिएको भनेर बिज्ञप्ती जारी गरिएको बताए । ‘उहाँलाई हामीहरुले चेतावनी मात्रै दिन खोजेका हौँ, ताकि फेरी यस्तो गम्भिर आरोप लगाउने गल्ती उहाँबाट नहोओस् भन्ने हो,’ उनले भने ‘तर उहाँलाई हामीहरुले सेवाबाटै बञ्चित भने गर्दैनौँ ।’ 


    तेस्रो आँखा