• ट्रेण्डिङ्ग :
प्रतितोला छ सयले घट्यो सुनको मूल्य

प्रतितोला छ सयले घट्यो सुनको मूल्य


  • 2.4K
    SHARES
    • आषाढ ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.7K Views

    प्रतितोला छ सयले घट्यो सुनको मूल्य

    काठमाडौँ, ३ असार । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । 

    images

    आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

    त्यस्तै, चाँदी आज प्रतितोला रु एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको थियो ।


    तेस्रो आँखा