• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा २७ सयले घट्यो

सुनको मूल्य तोलामा २७ सयले घट्यो


  • 2.4K
    SHARES
    • आषाढ ९, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    सुनको मूल्य तोलामा २७ सयले घट्यो

    काठमाडौँ, ९ असार । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ ।

    यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।

    चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।


    तेस्रो आँखा