• ट्रेण्डिङ्ग :
पोखरामा सडक भासिँदा आवागमनमा समस्या

पोखरामा सडक भासिँदा आवागमनमा समस्या


  • 3.0K
    SHARES
    • आषाढ १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.6K Views

    पोखरामा सडक भासिँदा आवागमनमा समस्या

    गण्डकी, १२ असार/ पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो ।

    images

    अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

    उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उहाँले जानकारी दिनुभयो । सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा