• ट्रेण्डिङ्ग :
सुन तोलामा रु एक हजार छ सयले बढ्यो

सुन तोलामा रु एक हजार छ सयले बढ्यो


  • 2.6K
    SHARES
    • आषाढ २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.0K Views

    सुन तोलामा रु एक हजार छ सयले बढ्यो

    काठमाडौँ, २० असार/ स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । 

    images

    यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ  ।

     यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु एक हजार आठ सय ६५ निर्धारण भएको छ ।


    तेस्रो आँखा