• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा रु एक हजारले बढ्यो

सुनको मूल्य तोलामा रु एक हजारले बढ्यो


  • 2.4K
    SHARES
    • आषाढ २३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    सुनको मूल्य तोलामा रु एक हजारले बढ्यो

    काठमाडौँ, २३ असार ।  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ । 

    images

    शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ । ---


    तेस्रो आँखा