• ट्रेण्डिङ्ग :
सुनको मुल्यका नयाँ रेकर्ड

सुनको मुल्यका नयाँ रेकर्ड


  • 2.4K
    SHARES
    • आषाढ २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.7K Views

    सुनको मुल्यका नयाँ रेकर्ड

    काठमाडौं २८ असार । शुक्रबार सुनको मूल्यमा पुनः नयाँ रेकर्ड बनेको छ । यसअघि आइतबार बनेको उच्च मूल्य रेकर्ड ६ दिनमै तोडिएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन अघिल्लो दिनको तुलनामा १८ सय महँगो हो भने हालसम्मकै उच्च हो । यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्य रेकर्ड बनेको थियो ।

    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९०० कायम भएको छ ।

     


    तेस्रो आँखा