• ट्रेण्डिङ्ग :
सुनको मूल्य तीन सयले घट्यो 

सुनको मूल्य तीन सयले घट्यो 


  • 3.7K
    SHARES
    • श्रावण ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.8K Views

    सुनको मूल्य तीन सयले घट्यो 

    काठमाडौँ, ३ साउन । सुनको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठसयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । 

    images

    बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ । 


    तेस्रो आँखा