• ट्रेण्डिङ्ग :
घट्यो कीर्तिमान बनाएको सुनको मूल्य

घट्यो कीर्तिमान बनाएको सुनको मूल्य


  • 2.8K
    SHARES
    • श्रावण ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    घट्यो कीर्तिमान बनाएको सुनको मूल्य

    काठमाडौं,४ साउन । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुवैको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन २ हजार रुपैयाँले घटेको हो ।

    images

    यस दिन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।

    यो दिन चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको हो ।

     


    तेस्रो आँखा