• ट्रेण्डिङ्ग :
तोलामा १३ सयले घट्यो सुनको भाउ 

तोलामा १३ सयले घट्यो सुनको भाउ 


  • 2.5K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    तोलामा १३ सयले घट्यो सुनको भाउ 

    काठमाडौँ ६ साउन/आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images


    यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ५ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर तोलाको १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    तेस्रो आँखा