• ट्रेण्डिङ्ग :
मंगलबार सुनचाँदीको भाउ स्थिर

मंगलबार सुनचाँदीको भाउ स्थिर


  • 2.8K
    SHARES
    • श्रावण ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.3K Views

    मंगलबार सुनचाँदीको भाउ स्थिर


    काठमाडौं, ८ साउन । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य स्थिर छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन स्थिर रहेको हो ।

    images

    यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा नै कारोबार भइरहेको छ । गत साउन २ गते मंगलबार सुनको मूल्यले कीर्तिमानी उचाइ छोएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८०० पुगेको थियो । त्यसयता सुनको मूल्य घट्दो क्रममा छ ।

    तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको हो ।


    तेस्रो आँखा