• ट्रेण्डिङ्ग :
सुनको भाउ ११ सयले बढ्यो 

सुनको भाउ ११ सयले बढ्यो 


  • 4.8K
    SHARES
    • श्रावण ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.4K Views

    सुनको भाउ ११ सयले बढ्यो 

    काठमाडौं, ९ साउन । बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ तोकेको छ ।

    images

    अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

    बुधबार सुनसँगै चाँदी पनि महँगिएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ ।


    तेस्रो आँखा