• ट्रेण्डिङ्ग :
 ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन

 ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन


  • 5.3K
    SHARES
    • श्रावण ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 8.1K Views

     ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन

    विराटनगर, ९ साउन । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल रु. १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । 

    images

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो ।

    उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारवाहीमा परेका थिए । उक्त कारबाहीबाट रु १८ करोड एक लाख ५९ राजस्व सङ्कलन भएको थियो । सो अवधिमा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारावहीमा परेका थिए ।

    तीन हजार आठ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो । छ हजार छ सय ४८ जना घाइते भएका थिए । 


    तेस्रो आँखा