• ट्रेण्डिङ्ग :
प्रभु बैंकको ३०८ औँ र ३०९ औँ शाखा सञ्चालनमा

प्रभु बैंकको ३०८ औँ र ३०९ औँ शाखा सञ्चालनमा


  • 5.1K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.8K Views

    प्रभु बैंकको ३०८ औँ र ३०९ औँ शाखा सञ्चालनमा

    काठमाडौँ, १४ साउन । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०४/१३ गते देखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं। १ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका,वडा नं-७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

    images

    प्रभु बैंक लि।ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बैंकले जनाएको छ ।

    प्रभु बैंक लि।को यो अभियानले देशभरिकै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ ।

    बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ । 


    तेस्रो आँखा