• ट्रेण्डिङ्ग :
सुनको मूल्य, तोलामा १८ सयले बढ्यो

सुनको मूल्य, तोलामा १८ सयले बढ्यो


  • 4.1K
    SHARES
    • श्रावण १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.3K Views

    सुनको मूल्य, तोलामा १८ सयले बढ्यो

    काठमाडौं, १६ साउन । नेपाली बजारमा साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १८ सयले बढेको हो ।

    images

    यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यो दिन चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

     


    तेस्रो आँखा