• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड


  • 4.4K
    SHARES
    • श्रावण १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.8K Views

    सुनको मूल्यमा नयाँ रेकर्ड

    काठमाडौं, १८ साउन । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ ।

    images

    यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।


    तेस्रो आँखा