• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो


  • 4.7K
    SHARES
    • श्रावण २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.2K Views

    सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

    काठमाडौँ, २२ साउन । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु. दुई हजार तीन सयले घटेको छ ।

    images

    सोमबार प्रतितोला रु. एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु. एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।

    तेजाबी सुन प्रतितोला रु.एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु. एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा रु. ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु. एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि रु एक हजार सात सय २५ निर्धारण भएको छ । 


    तेस्रो आँखा