• ट्रेण्डिङ्ग :
बागलुङ पहिरो : प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पातल पुर्याउन कठिन

बागलुङ पहिरो : प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पातल पुर्याउन कठिन


  • 2.5K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.9K Views

    बागलुङ पहिरो : प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पातल पुर्याउन कठिन

    बागलुङ, २३ साउन । बडिगाड गाउँपालिका वडा नं। ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ । निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो । 

    images

    बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा  प्राथमिक उपचार गरेको छ । घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो ।

     उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको दुखेसो उहाँले गर्नुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पहिरोमा परी आठ जनाको ज्यान गएको छभने चार जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।


    तेस्रो आँखा