• ट्रेण्डिङ्ग :
बागलुङ पहिरो : घाइतेहरुलाई काठमाडौं लगियो

बागलुङ पहिरो : घाइतेहरुलाई काठमाडौं लगियो


  • 5.6K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 8.6K Views

    बागलुङ पहिरो : घाइतेहरुलाई काठमाडौं लगियो

    बागलुङ २३ साउन । बागलुङको बढिगाड गाउँपालिकामा गएको पहिरोमा घाइतेहरुलाई काठमाडौं लगिएको छ । उनीहरुलाई बुधबार बिहान आर्मीको हेलिकोप्टर मार्फत थप उपचारकोलागि काठमाडौँ लगिएको हो ।  बढिगाड गाउँपालिका १० बस्ने १९ वर्षीय रिमा पुन, ३१ वर्षकी सिता थापा र  ४६ वर्षकी सङ्गीता बुढालाई काठमाडौँ लगिएको हो ।

    images

    निरन्तरको वर्षा, ठाउँ ठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकेपछि सेनाको हेलिकोप्टरले उद्धार गरेको हो । पहिरोमा परी आठ जनाको ज्यान गएको छ, भने चार जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।


    तेस्रो आँखा