• ट्रेण्डिङ्ग :
तोलामा सुनको मुल्य १ हजार ४ सयले घट्यो

तोलामा सुनको मुल्य १ हजार ४ सयले घट्यो


  • 5.9K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 9.1K Views

    तोलामा सुनको मुल्य १ हजार ४ सयले घट्यो

    काठमाडौं, २३ साउन । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । यो दिन तोलामा १ हजार ४ सय रुपैयाँ घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३ सय कायम भएको छ । मंगलबार पनि सुनको मूल्य घटेर तोलाको १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

    महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार एकै दिन २ हजार ३ सय रुपैयाँ घटको थियो । महासंघका अनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७ सयले घटेको हो ।

    यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७२५ रुपैयाँ कायम थियो ।


    तेस्रो आँखा