• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा रु. एक हजार पाँच सयले बढ्यो

सुनको मूल्य तोलामा रु. एक हजार पाँच सयले बढ्यो


  • 2.5K
    SHARES
    • श्रावण २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.8K Views

    सुनको मूल्य तोलामा रु. एक हजार पाँच सयले बढ्यो

    काठमाडौँ, २५ साउन । बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु. एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।

    images

    त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु. ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु. एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार सात सय ३० निर्धारण भएको छ ।


    तेस्रो आँखा