• ट्रेण्डिङ्ग :
‘आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो’

‘आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो’


  • 2.0K
    SHARES
    • श्रावण २६, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.1K Views

    ‘आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो’

    काठमाडौँ, २६ साउन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । 

    images

    बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त हुनुभएकामा उहाँहरूलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो । 

    राजनीतिकि स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उहाँले जनताले अनुभूत गर्नेगरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य हो भन्नुभयो । राष्ट्र र जनताका पक्षमा इमानदार भएर कामगर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गर्नुभयो । 


    तेस्रो आँखा