• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै डेढ लाख नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै डेढ लाख नाघ्यो


  • 3.0K
    SHARES
    • श्रावण २९, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै डेढ लाख नाघ्यो

    काठमाडौं, २९ साउन । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सुनको मूल्य आज १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो । सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो ।

    यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ कायम थियो ।


    तेस्रो आँखा