• ट्रेण्डिङ्ग :
व्यासका आठ सय ९१ लाई अपाङ्गता परिचयपत्र वितरण

व्यासका आठ सय ९१ लाई अपाङ्गता परिचयपत्र वितरण


  • 2.8K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.3K Views

    व्यासका आठ सय ९१ लाई अपाङ्गता परिचयपत्र वितरण

    तनहुँ, २ भदौ । जिल्लाको व्यास नगरपालिकाले हालसम्म आठ सय ९१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० मा आठ सय २१ र गत आर्थिक वर्षमा ७० जनालाई परिचयपत्र वितरण गरेको हो ।

    images

    निवेदकले कार्यालयमा निवेदन दिएपछि अपाङ्गता समन्वय समितिको  बैठकले व्यक्तिको शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरिएको नगरपालिकाको महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको  छ । 

    आव २०७९/८० मा आठ सय २१ जनाले अपाङ्गता परिचयपत्र लिएका उपशाखाकी सहायक महिला विकास निरीक्षक शर्मिला जम्मरकट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार ‘क’ वर्गका एक सय ३६, ‘ख’ वर्गका तीन सय ५१, ‘ग’ वर्गका दुई सय २० र ‘घ’ वर्गका एक सय १४ जना छन् । गत आवमा ‘क’ वर्गका ११, ‘ख’ वर्गका २७, ‘ग’ वर्गका २४ र ‘घ’ वर्गका आठ जनाले परचयपत्र लिएका उहाँले बताउनुभयो ।

    सङ्घीय सरकारबाट ‘क’ वर्गका अपाङ्गता भएकलाई मासिक रु तीन हजार नौ सय ९०, ‘ख’ वर्गलाई रु दुई हजार एक सय २८ र ‘ग’ वर्गकालाई व्यास नगरपालिकाले वार्षिक रु चार हजार सामाजिक सुरक्षाभत्ता प्रदान गर्दै आएको छ । 

    ‘घ’वर्गका अपाङ्गता भएका व्यक्तिलाई भत्ताको सुविधा नभएपनि स्वास्थ्य, यातायातलगायत सेवासुविधा पाउन सहज हुने सहायक महिला विकास निरीक्षक जम्मरकट्टेलले बताउनुभयो । चिकित्सक, नेपाल प्रहरी, अपाङ्गता क्षेत्रबाट तीन र बहिरा संस्थाबाट एक जनाको सहभागितामा समितिको बैठकमा बसेर परिचयपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।  

    नगरभित्रका अपाङ्गता भएका व्यक्तिमध्येबाट समन्वय समितिले मनोनयन गरेका एक महिला सदस्यसहित तीनजनाको सहभागी हुने प्रावधान रहेको सो शाखाले जनाएको छ । 


    तेस्रो आँखा