काठमाडौं ७ भदौ । पोखराबाट काठमाडौं जाँदै गरेको यात्रु बहाक बस तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा खसेको छ । युपी ५३ एफटी ७६२३ नम्बर प्लेटको बस शुक्रबार बिहान साढे ११ बजेको समयमा आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।
तनहुँका डीएसपी दीपककुमार रायका अनुसार पोखराबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परेको खबर छ । घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
