• ट्रेण्डिङ्ग :
मर्स्याङ्दी बस दुर्घटना : १४ जना यात्रुको मृत्यु

मर्स्याङ्दी बस दुर्घटना : १४ जना यात्रुको मृत्यु


  • 6.3K
    SHARES
    • भाद्र ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 9.7K Views

    मर्स्याङ्दी बस दुर्घटना : १४ जना यात्रुको मृत्यु

    काठमाडौं ७ भदौ । शुक्रबार बिहान तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जना यात्रुको मृत्यु भएको छ ।

    images

    शुक्रबार दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो ।  

    उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । अहिले उद्धार कार्य जारी छ ।


    तेस्रो आँखा