• ट्रेण्डिङ्ग :
कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट


  • 5.0K
    SHARES
    • भाद्र १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.8K Views

    कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

    काठमाडौं, १४ भदौ । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (शुक्रबार) घटेको छ । लगातार दुई दिन कीर्तिमान बनाएको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो । जुन अहिलेसम्मकै उच्च हो ।

    यो दिन चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा