• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च


  • 4.4K
    SHARES
    • भाद्र २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.8K Views

    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ, २८ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।

    images

    बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

    यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ६०  निर्धारण भएको छ । 


    तेस्रो आँखा