• ट्रेण्डिङ्ग :
बाढीपहिरो पीडितका लागि ५० लाख सहयोग गर्ने काँग्रेसको निर्णय

बाढीपहिरो पीडितका लागि ५० लाख सहयोग गर्ने काँग्रेसको निर्णय


  • 2.5K
    SHARES
    • आश्विन १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    बाढीपहिरो पीडितका लागि ५० लाख सहयोग गर्ने काँग्रेसको निर्णय

    काठमाडौं १३ असोज । नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि ५० लाख रुपैँया सहयोग गर्ने निर्णय गरेको छ ।

    images

    आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय हो ।

    ‘बाढीपीडितको सहयोगका लागि कांग्रेसले तत्काल ५० लाख सरकारको कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँका अनुसार संसदीय दलले पनि सांसदहरूको १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको छ । त्यसका साथै कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई बाढीपहिरोमा परेकाहरूको उद्धार तथा राहतमा जुट्न निर्देशन दिइएको पनि महतले जानकारी दिनुभयो ।

     


    तेस्रो आँखा