• ट्रेण्डिङ्ग :
पाँच दिनदेखि विद्युत् अवरुद्ध

पाँच दिनदेखि विद्युत् अवरुद्ध


  • 3.0K
    SHARES
    • आश्विन १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    पाँच दिनदेखि विद्युत् अवरुद्ध

    गोरखा, १७ असोज । जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पु¥याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । 

    images

    सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा विद्युत्का खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले जानकारी दिनुभयो ।

    “झोलुङ्गे पुलसँगै विद्युत्का चार वटा खम्बामा बाढीले क्षति पु¥याएको छ”, उहाँले भन्नुभयो, “खम्बामा टाँगिएका सबै तार  त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।” 

    क्षति भएका खम्बा मर्मत गरिसकिएको बताउँदै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने जानकारी दिनुभयो । “पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ”, उहाँले भन्नुभयो, “तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

    विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।


    तेस्रो आँखा