• ट्रेण्डिङ्ग :
बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु


  • 2.4K
    SHARES
    • कार्तिक २, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.7K Views

    बाघको आक्रमणबाट एकको मृत्यु

    नवलपरासी, २ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको थियो । छिमेकीसहित घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको जानकारी पाएपछि खोजी गर्दा थिङलाई मृत भेटिएको प्रहरी उपरीक्षक शाहले जनकारी दिनुभयो । 

    थिङको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ ।


    तेस्रो आँखा