• ट्रेण्डिङ्ग :
पोखरामा दुई पक्षीय प्रदर्शनमा संयमता अपनाउन सीडीओको अपिल

पोखरामा दुई पक्षीय प्रदर्शनमा संयमता अपनाउन सीडीओको अपिल


  • 2.0K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.1K Views

    पोखरामा दुई पक्षीय प्रदर्शनमा संयमता अपनाउन सीडीओको अपिल

    कास्की, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको विषयलाई लिएर दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारीले संयमता अपनाउन अपिल गर्नुभएको छ ।  

    images


    प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रदर्शनमा उत्रिएका दुवै पक्षलाई संयमित रहन अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।  

    पोखरामा अहिले दुवै पक्षको प्रदर्शनलाई मध्यनजर राखेर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अदालत नजिकै दुई पक्ष (रवि पक्षधर र सहकारी पीडित पक्षधर) भेला हुन थालिसकेका छन् । 

    रास्वपाले सहिद चोकमा भेला हुने आइतबार बिहानैदेखि माइकिङ गरिरहेको छ भने सोहीअनुसार नेता कार्यकर्ता र समर्थक भेला हुने क्रम सुरु भइसकेको छ । 

    यस्तै सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ । मुस्ताङ चोकमा भेला भएर पीडितहरूले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने बताइएको छ । 

    राष्ट्र बैंक चोक र सहिद चोकको दूरी करिब ५० मिटरमात्रै रहेको छ । प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ ।

    सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई आजै अदालतमा पेस गरिँदैछ ।


    तेस्रो आँखा