काठमाडौं, १८ फागुन । पछिल्लो २४ घण्टामा नेपालभर एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालभर छ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गर्दा एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चार हजार छ सय ७२ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा एक सय २३ जनामा र दुई हजार दुई सय दुई जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा चार जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा नेपालभर कोरोना संक्रमणको कारण तीन जनाको मृत्यु भएको छ भने तीन सय २१ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या सात हजार सात सय ७० रहेको छ ।
