• ट्रेण्डिङ्ग :
उत्पादनको क्षेत्रमा जोड दिन नीजि क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह

उत्पादनको क्षेत्रमा जोड दिन नीजि क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह


  • 2.3K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.6K Views

    उत्पादनको क्षेत्रमा जोड दिन नीजि क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह

    काठमाडौं २९ कात्तिक । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन नीजि क्षेत्रसँग आग्रह गर्नुभएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा बिहीबारबाट सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उहाँले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको हो ।

    images

    अहिले क्लिन इनर्जीको आवश्यक्ता बढ्दै गएको भन्दै उहाँले उत्पादनको क्षेत्रलाई पुग्ने विद्युत उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनुपर्नेमा जोड दिनुभयो उपप्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसमा नेपालमै बनेको सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम दिने पनि उहाँले बताउनुभयो ।

    नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन अहिलेको सरकारले काम गरिररहेको भन्दै उपप्रधानमन्त्री सिंहले उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायतका नीजि क्षेत्रका संस्थाहरुले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको पनि बताउनुभयो । आजबाट सुरुभएको ‘फिन इलेक्ट्रो टेक २०२४’ मङ्सिर २ गतेसम्म चल्नेछ । प्रदर्शनीमा २८ वटा स्टलहरू र हल बाहिर पनि २६ स्टलहरू रहने छन् ।

     


    तेस्रो आँखा